२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बिमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि सरकारले बनायो समिति



काठमाडौं । सरकारले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रियाको लागि सिफारिसका लागि समिति बनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो ।

यो समितिले अध्यक्ष सिफारिसका लागि सरकारलाई तीनजनाको नाम सिफारिस गर्छ र त्यसबाट सरकारले एकजनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ११ : ३३ बजे