१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

हलमा चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’



काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो स् दी ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई समुद्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिर हुसेन मुख्य भूमिकामा देखिनुभएको छ । उहाँले पारालैङ्गिक महिला ९ट्रान्सवुमन० को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै चलचित्रमा सन्चिता लुइटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले आवाज दिए । चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो ।

चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता रहनुभएको छ । आलोक शुक्लाले खिच्नुभएको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : ४२ बजे