१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सेयर बजार सोमबारदेखि खुल्ने



काठमाडौं । धितोपत्र दोस्रो बजार बुधबार ९भदौ १ गते०बाट खुलाउने तयारी भइरहेको छ । यसका लागि नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले नेपाल धितोपत्र बोर्डसँग सहमतिका लागि पत्र पठाएको छ ।

बोर्ड स्रोतका अनुसार, भोलि ९मंगलबार० छलफल गरेर निर्णय गर्ने तयारी छ । “हामीले औपचारिक निर्णय भोलि गर्ने तयारी गरेका छौँ,” ती अधिकारीले भने, “औपचारिक निर्णय नभएकाले यही दिनदेखि खुल्छ भन्न मैले सक्दिनँ । तर, बुधबारबाट खुलाउने कि भन्ने छ ।”

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण बजार २४ गतेदेखि नै बन्द छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरिएको जानकारी नेप्सेले दिएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ७ : ०६ बजे