२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सेयर बजारमा कारोबार एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढ्यो



काठमाडौं । नेप्से परिसूचक ४५.३६ अंकले घटेर बन्द भएको छ । नेप्सेमा गिरावट आएतापनि कारोबार रकम भने एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेको छ । बुधबार ९असोज २२० पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबारको तुलनामा परिसूचक १।७४ प्रतिशतले घटेर २५५९।५९ विन्दुमा बन्द भएको छ ।

आज १८ कम्पनीको सेयर मूल्य बढेको छ । २३२ कम्पनीको सेयर मूल्य घटेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।

९ वटा कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ५२ बजे