३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन: राष्ट्रिय वाणिज्य बैङ्क



काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैङ्कले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैङ्कका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता अनधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैङ्कमा प्राप्त भएको उल्लेख गरेको छ ।   बैङ्कद्वारा आज प्रेस विज्ञप्तिमा भनिएको छ  “ बैङ्कका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनै पनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम पिन, मोबाइल बैङ्किङ तथा ई– बैङ्किङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन । ” 

बैङ्कका उप कार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनधिकृत रूपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ३ : ०६ बजे