१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

प्रदर्शनकारीको आगजनीमा परेको कीर्तिपुर नगरपालिकालाई कृषि विकास बैंकको सहयोग



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोगस्वरूप हस्तान्तरण गरेको छ। बुधबार बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले नगर प्रमुख कृष्णमान डंगोललाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । यस सहयोगले नगरपालिकाको सेवा प्रवाहलाई सहज, द्रुत र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बैंकका उप–महाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्रसिंह थापा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ लगायत नगरपालिकाका जनप्रतितिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भदौँ २३ गते जेन्जी आन्दोलनमा प्रदर्शनको क्रममा प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेपछि सेवा प्रवाहमा समस्या परेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : २३ बजे