२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य २ लाख ४० हजार नाघ्यो !



काठमाडौँ । स्थानीय बजारमा सुन तोलामा २४ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको ३ हजार २२० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ४० बजे