हेटौडा । बागमती प्रदेशमा सञ्चालित उद्योगमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ११।५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड रुपियाँ पुगेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ मा आधारित ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ का अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६।४ प्रतिशत छ ।
औद्योगिक कर्जामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपियाँ ९९२।४ प्रतिशत० र सबैभन्दा कम रसुवा जिल्लामा १३ करोड ९०।०१ प्रतिशत० रुपियाँ कर्जा लगानी छ । अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौँमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौँमा देखिएको सो अध्ययनले देखाएको छ ।
कृषि कर्जा ३६।१६ प्रतिशत
समीक्षा अवधिमा क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १।३ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ५।१ प्रतिशतले घटेको थियो ।
बागमती प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले कुल कर्जाको ३।७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जामध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६।१६ प्रतिशत रहेको छ ।
कृषिक्षेत्रमा प्रवाहित कर्जामा काठमाडौँको हिस्सा सबैभन्दा बढी ५२।६ प्रतिशत, चितवनको हिस्सा २३।१ प्रतिशत, मकवानपुरको हिस्सा ४।७ प्रतिशत, काभ्रेपलाञ्चोकको हिस्सा ४।३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०।५ प्रतिशत छ ।
जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौँ र चितवनमा अधिक छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाको कर्जा सीमाबमोजिम केन्द्रीय एवं क्षेत्रीय कार्यालयबाट कर्जा स्वीकृत हुने र त्यस्ता कार्यालय धेरै जसो काठमाडौँ जिल्लामा भएका कारण सो जिल्लाको कृषि कर्जाको हिस्सा बढी देखिने गरेको अनुमान छ ।
बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १०।८४ प्रतिशत र कर्जा प्रवाह ११।३५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा कर्जा निक्षेप अनुपात औसतमा ६९।२७ प्रतिशत छ ।
आर्थिक वृद्धिदर ५।२ प्रतिशत
प्रतिवेदन अनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५।२ प्रतिशत रहने छ यस्तो वृद्धि अघिल्लो आवमा ३।७ प्रतिशत रहेको थियो । नेपालको कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको ३६।५ प्रतिशत योगदान छ ।
गत आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११।८ प्रतिशत, ११।१ प्रतिशत र ७७।१ प्रतिशत रहने अनुमान छ । गत आवमा यस प्रदेशमा कोदो उत्पादन ५।२ प्रतिशतले बढेकोमा सोही अवधिमा धान उत्पादन १।१ प्रतिशतले मकै उत्पादन पाँच प्रतिशतले फापर उत्पादन ५।१ प्रतिशतले गहुँ उत्पादन १८।५ प्रतिशतले र जौ उत्पादन ३२।६ प्रतिशतले घटेको छ ।
यस्तै तरकारी तथा बागवानीको उत्पादनमा १६।२ र अन्डा उत्पादन २।७ प्रतिशतले वृद्धि हुँदा दुध उत्पादन १।२ प्रतिशतले र मासु उत्पादन २।९ प्रतिशतले घटेको छ ।





