१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

स्वास्थ्य मन्त्री शर्माको आग्रह- एन्टिबायोटिक जथाभाबी प्रयोग नगर्नू



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्किप्सन) गरेको ‘एन्टिबायोटिक’ औषधी मात्र सेवन गर्न आग्रह गरेकी छन् । उनले चिकित्सकले लेखेको एन्टिबायोटिक औषधी पूर्ण मात्रा मात्र आवश्यक मात्रामा सेवन गर्न अनुरोध गरेकी छन्। एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहका अवसरमा मन्त्री शर्माले जथाभाबी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने बताए ।

मन्त्री डा। शर्माले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधी जथाभाबी प्रयोगले प्रतिजैविक प्रतिरोध ९एन्टिमाइक्रोबियल रेसिस्टेन्स० भई बिरामी पर्दा सामान्य औषधीले काम नगर्ने भएकाले जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आएको बताए । उनले समयमै सम्बोधन गर्न सकिएन भने स्वास्थ्य प्रणालीले नराम्रो क्षति बेहोर्नुपर्ने बताए । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नारासाथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रूपमा मनाइँदै छ ।

एम्बुलेन्स दुरुपयोग रोक्न ध्यानाकर्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा दुरुपयोग भएको भन्दै निर्देशिका अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्रालयले विभिन्न जिल्लामा एम्बुलेन्स व्यापारिक प्रयोजनमा प्रयोग भएको गुनासो आइरहेकाले निर्देशिका अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराएको हो ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सूचना जारी गर्दै सबै सरोकारवालालाई एम्बुलेन्स सञ्चालनसम्बन्धी नियम कडाइसाथ पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : १३ बजे