३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

नेपाल सरकार,समृद्धिका लागि वन परियोजना र कृषि विकास बैंकबीच सम्झौतामा हस्ताक्षर



काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (PDMO) र कृषि विकास बैंक लिमिटेड (ADBL)ले विश्व बैंकद्वारा वित्त पोषित “समृद्धिका लागि वन परियोजना” कार्यान्वयनका लागि सहायक ऋण सम्झौता (SLA )मा औपचारिक हस्ताक्षर गरेका छन्।

सम्झौतामा कृषि विकास बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरेका हुन्। सम्झौतामा उद्यमीहरूलाई
केवल ७५ ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइने,राष्ट्रव्यापी रूपमा ऋण सेवा विस्तार र अधिकतम ऋण सीमा १५ करोड रुपैयाँसम्म निर्धारण गरिएको छ ।
नायब महाप्रवन्धक सुदीप कुमार दाहाल तथा विभाग प्रमुख नीकु आचार्य उपस्थित थिए। परियोजनाले क्षेत्रसँग सम्बन्धित उद्यमहरूको उत्पादन क्षमता वृद्धि, रोजगारी सिर्जना र दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : ०५ बजे