१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

वीरगञ्ज नाका हुँदै ४ महिनामा ५४ अर्ब १२ करोड बढीको इन्धन आयात



वीरगञ्ज। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०८१र०८२ को पहिलो ४ महिनामा ५१ अर्ब १९ करोड बढी मूल्यको इन्धन आयात भएको थियो भने चालू आर्थिक वर्ष २०८२र०८३ को सोही अवधिमा रु ५४ अर्ब १२ करोड बढी मूल्यको इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
पेट्रोलियम पदार्थअन्तर्गत डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन लगायत पर्दछन् । चालू आर्थिक वर्ष २०८२र०८३ को पहिलो ४ महिनामा वीरगञ्ज नाका हुँदै २४ अर्ब ४० करोड मूल्य बराबरको डिजेल भित्रिएको छ भने १४ अर्ब २७ करोडको पेट्रोल, ९ अर्ब ७७ करोड मूल्य बराबरको एलपी ग्याँस, ५ अर्ब ५५ करोड मूल्य बराबरको हवाई इन्धन र १४ करोड मूल्य बराबरको मट्टितेल भित्रिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ३१ बजे