८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

संसदमा एमालेले पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्ने



काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्ने भएको छ । आज संसद बैठकमा सरकारको ध्यानाकर्षण गर्ने बताएको छ । यस अघिका संसद बैठकमा एमालले भौतिक प्रर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गरेको थियो । बालकुमारी घटनाको छानविन समितीले उक्त घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन तयार गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : १६ बजे