काठमाडौं । सुनको मूल्यले फेरी अर्को ‘रेकर्ड’ बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।
आइतबार तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार ९पुस ११० पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।





