१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्ने



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

पुस अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  २ : १५ बजे