१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

आइतबार सर्लाही जादैँ छु निकै उत्साहित छु -सभापति गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।उनी आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका सर्लाही–४ जाने भएका हुन् ।

सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए ।

सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरे । युवाको भर परेर आफू सर्लाही–४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो । उनले आगामी दिनमा सर्लाही मदतालाले भेट्न सहज पहँचमा रहेको आस्वासन दिएका छन् ।‘तपाईंहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनपर्छ । तपाईंको घर आइदिनपर्छ । अभिभावकलाई भनिदिनुपर्छ,’ उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ । म तपाईंहरूको भरोसा मानेर आएको छु ।’

थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ४ : ५४ बजे