काठमाडौं । स्थगित भएको नेपाली कांग्रेसको जनकपुरमा आमसभा फागुन ७ गते हुने भएको छ । यसअघि जनकपुरमा आमसभा गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले जनकपुरमा सभा गर्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
‘त्याग र समर्पणको पवित्र भूमि( शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।





