२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

चन्द्रागिरीमा ३५ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइदै



काठमाडौँ । आइतवारदेखि चन्द्रागिरि नगरपालिकामा दादुरा रुवेला खोप अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आज चन्द्रागिरी नगरपालिका ४ चुनदेवी मा वि मा खोप कार्यक्रमको शुभारम्भ गरे । खोप कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख गिरीले नगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएको भन्दै खोप अभियानलाई सफल बनाउन आह्वान गरे ।
चन्द्रागिरीमा ९१ वटा खोप केन्द्र मार्फत ३५ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाउने लक्ष राखेको नगरपालिकाले जनाएको छ । सरकारले आजदेखि शुरु गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान जाजरकोट र रुकुम पश्चिम जिल्ला वाहेक सवै जिल्लामा शुरु गरेको हो । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ३७ बजे