२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

रास्वपा जिल्ला उपसभापति नै कांग्रेसमा प्रवेश



जुम्ला। जुम्ला जिल्लाकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उपसभापति तारा शाही पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्ट रहँदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

शाही रास्वपामा जानू अघि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय थिइन्। रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्य विहीन हुने भन्दै पुनस् आफ्नै पुरानो घर फर्किएको बताइन्।

उनी कांग्रेसमा फर्किएसँगै जुम्लाको राजनीतिक माहोल फेरबदल हुने अनुमान गरिएको छ। जसले गर्दा चुनावी अंक गणितमा कांग्रेसलाई बल पुग्ने अनुमान गरिएको हो।

ञशाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि हो, यो हिसाबकिताब जनताले पनि गरिरहेका छन।झ कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले भनिन्।

केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्। खड्काका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ११ बजे