सुनसरी। नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताउनु पर्ने बताए।
उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए।





