२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता



म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत यसपालि नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

चुनाव जितेका कांग्रेसका गौचनले तीन हजार ३०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उमेदवार इन्द्रधारा विष्टले एक हजार ८०६ मत पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गौचन ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । त्यति बेला उनले तीन हजार ९९२ मत ल्याएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ३५ बजे