२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

१५ हिमाली जिल्लामध्ये अब तीन जिल्लाको मात्र मतपत्र मतगणना स्थलमा पुग्न बाँकी



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अहिले केही स्थानमा बाहेक देशैभर मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
हिमाली क्षेत्रका १५ जिल्लाका मतपत्र मध्ये अव तीन जिल्लाको मतपत्र मात्र मतगणना स्थलमा पु¥याउन बाँकी रहेको जानकारी दिनुहुँदै सहायक प्रवक्ता कुलबहादुर जिसीले मौसम अनुकूल भएसँगै ती जिल्लाका मतपत्र पनि ढुवानी हुने बता्रए । जसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग निरन्तर कुराकानी भैरहेको उहाँले जानकारी दिए ।
हेलिकप्टर मार्फत ढुवानी गर्नुपर्ने हिमाली जिल्लाहरुमा रसुवा, दोलखा, रुकुम पूर्वीभाग ,रुकुम पश्चिम भाग, बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, मनाङ,ड ोल्पा, गोरखा, मुगु र मुस्ताङ रहेका थिए । ती मध्ये अव संखुवासभा,डोल्पा र गोरखाको मात्र मतपत्र मतगणना स्थलमा पु¥याउन बाँकी छ ।

हिजो सम्पन्न निर्वाचनमा एक करोड ९ लाख ७७ हजार ७ सय ११ मत अर्थात ५८ दशमलव ०७ प्रतिशत मत खसेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो ।
कूल मतदाताको संख्या एक करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो ।
यद्यपि, देशैभरको अन्तिम मतगणना पछि यकिन तथ्यांक आउने सहायक प्रवक्ता जिसीले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४७ बजे