सर्लाही । सर्लाही क्षेत्र नं। ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा। अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गरेका छन् ।
थापाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहलाई बधाई तथा शुभकामना व्यक्त गरे । सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गरे ।
कांग्रेस सभापति थापाले आफूलाई माया, विश्वास र मत दिनुहुने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरे । उनले यस क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तररूपमा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।





