काठमाडौँ । जर्मन बिकास बैंकले चन्द्रागिरि नगरपालिकामा मातृत्व तथा महिला स्वास्थ्य अस्पताल निमार्णको लागि एक अर्वको दिने भएको छ । नेपाल सरकार र जर्मन बिकास बैंकको संयुक्त लगानीमा बन्ने अस्पतालको लागि सोमवार एक कार्यक्रमका विच उक्त रकमको सुनिश्चित गरेको हो । रकम सुनिश्चित भएसगै अस्पताल निमार्ण कार्य तत्काल सुरु हुने नगरपालिका मेयर घनश्याम गिरीले बताउनुभयो । सुबिधा सम्पन्न उक्त महिला स्वास्थ्य अस्पतालको सञ्चालनको ४ बर्ष जिम्मा भने परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले लिने सम्झौतामा उल्लेख छ । सञ्चालनको ४ वर्षपछि उक्त अस्पताल नगरपालिकाको स्वामित्व रहने मेयर गिरीले वताउनुभयो । उहाँले भन्नुभयो, “२०७८ साल भाद्र ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चन्द्रागिरि नगरपालिका,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा जर्मन बिकास बैंकका प्रतिनिधि बिच सम्झौता मा हस्ताक्षर सम्पन्न भइसकेको थियो । आज नेपाल सरकार र जर्मन बिकास बैंक वीच करिव एक अर्वको बजेट सुनिश्चिता सहित अस्पताल निर्माण कार्य तत्काल सुरु गर्ने गरि सम्झौता भयो। शुरुको केही वर्ष परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले अस्पतालको सञ्चालन गर्नेछ, पछि नगरको स्वामित्वमा रहनेछ । ”
उक्त अस्पताल निमार्णको लागि चन्द्रागिरि नगरपालिकाले २३ रोपनी जग्गा दिइसकेको छ । वडा नं ४ थानकोट गोदाम स्थित हालको थानकोट प्राथमिक अस्पताल संगै निर्माण हुनेछ । सोही स्थानमा नेपाल सरकार र चन्द्रागिरि नगरपालिकाको करिब बिस करोड को संयुक्त लगानीमा नगरपालिकाको आफ्नै जनरल हस्पिटलको निर्माण कार्य पनि भइरहेको छ। चन्द्रागिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदैँ आएको छ ।