काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार (चैत १) बस्दै छ ।
यसअघि शनिबार (फागुन ३०) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको थियो । पार्टीका प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार, बैठक आइतबार (चैत १) बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ ।





