३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

आँबुखैरेनी–जामुनेसम्मको ४१ किमि सडक निर्माण पूरा



तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किमि सडक निर्माण पूरा भएको छ ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । यो सडक बजार क्षेत्रमा छ । ग्रामीण भेगमा सडक चार ‘लेन’मा विस्तार भएको छ ।

आगामी पाँच वर्षसम्म सडकको मर्मतसम्भार कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

एसियाली विकास बैंकबाट ६ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ३१ बजे