११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

केही दिनदेखी लगातार घटिरहेको सुनको मूल्य तोलामा १४ हजार बढ्यो



काठमाडौं । तीन दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबारह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।

हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ५४ बजे