काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।
१३ चैत्र २०८२, शुक्रबार
0
Shares





