३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिदैँ यस्तो बताएका हुन् । उनले लेखेका छन्, “लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय अस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।
प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।
सम्पूर्ण सञ्चारकर्मी साथीहरूमा विश्व प्रेस स्वतन्त्रता दिवसु को हार्दिक शुभकामना।”

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : ०४ बजे