१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार (जेठ १७) सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार ९जेठ १५० छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १२ : ३५ बजे