काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । आज १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने तय भएको हो।
यस बैठकमा मुख्य गरी पार्टीको आन्तरिक अनुशासन, विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीहरू र समितिको भावी कार्ययोजनाका बारेमा विस्तृत छलफल हुने बताइएको छ।
बैठकमा महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।





