९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

रास्वपाको प्रदेश अधिवेशन आजदेखि सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ ।

वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।

पार्टीले पहिलो महाधिवेशनलाई संस्थागत विकास तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने तय भएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ९ : २६ बजे