२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबारबाट गतिरोध हटेको संसद्को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । आगामी आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल जारी रहने भएको हो ।
बैठकमा आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : १० बजे