७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनको मूल्य तोलामै १० हजारले घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार (असार ५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार ९असार ४० छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ४७ बजे