काठमाडौं । सुन्दरीजलको बोक्सीदहमा पौडी खेल्ने क्रममा डुबेका बालकको मृत्यु भएको छ । बोक्सीहदमा साथीहरूसित पौडी खेल्दै गरेका डोल्पाका १२ वर्षीय बालक आइतबार डुबेर बेपत्ता भएका थिए ।
आइतबारै साँझ सुरक्षाकर्मीको टोलीले खोजी गरेर अचेत अवस्थामा उनको उद्धार गरेको थियो । उद्धारपछि प्रहरीले उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कजेलमा पठाइएको थियो । अस्पतालले आइतबार साँझ नै बालकको मृत्यु घोषणा गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा फसेका बालकको उद्धार गर्दैै गरिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
४ श्रावण २०८३, सोमबार
28
Shares





