१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सुनसरी घटनाले विराटनगर, इटहरी र इनरुवामा शैक्षिक संस्था बन्द



काठमाडौं । सुनसरी घटनापछि विराटनगरका अधिकांश शैक्षिक संस्थाले बुधबार (आज) पनि पठनपाठन नगराउने भएका छन् । विद्यार्थी तथा अभिभावकको आग्रहअनुसार पठनपाठन नगराउने निर्णय भएको विद्यालयले जनाएका छन् ।
मंगलबार पनि अधिकांश विद्यालय बन्द रहेका थिए । आगामी शैक्षिक गतिविधिबारे सम्बन्धित विद्यालयहरूले थप सूचना जारी गर्ने जनाएका छन् ।
सुनसरीको इटहरी, दुहबी, इनरुवालगायत क्षेत्रहरूमा कर्फ्यु आदेश जारी भएपछि शैक्षिक संस्था नियमित रूपमा सञ्चालन हुन नुसकेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ४७ बजे