काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा नागरिक संवाद समिति गठनको सुझाव दिएका छन् । मंगलबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले हालै सुनसरीमा भएको जस्तो घटनामा संवादका निम्ति प्रधानमन्त्रीको नेतृत्वमा स्थायी संयन्त्र गठनको माग गरेका हुन् ।
“यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्,” उनले भने ।
घटनापछि मात्र नभएर प्रारम्भिक संकेत देखिनासाथ संवाद सुरु गर्न उनले आग्रह गरे । सुनसरी घटनाको निष्पक्ष छानबिन गरिनुपर्नेमा उनले जोड दिए ।
१९ श्रावण २०८३, मंगलबार
84
Shares





