२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

रोल्पा बोटलबारा पहिरा : दस जना बेपत्ता, खोजी जारी



रोल्पारोल्पा थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

थबाङ –५ बोटलबारामा बुधबार रातिको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दूरीमा पर्दछ ।

पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । बिहीबार बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ९ : ४४ बजे