काठमाडौं । नेपाली कांग्रेस इतर पक्षको भेलाको संयाजक रहेको नेता शशांक कोइरालाले पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन् । कोइरालाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’
उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे ।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं ।’
कांग्रेसको इतर पक्षले भेलाको आयोजना गरेको हो । भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।





