१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मोबाइल सेवाको गुणस्तर सुधार्नू -दूरसञ्चार प्राधिकरण



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन जारी गरेको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम प्राधिकरणको २०८३ साउन २१ गतेको निर्णयानुसार उक्त निर्देशन दिइएको हो। प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता र ग्राहक सेवा अनुभवमा सुधार गरी तोकिएका मापदण्ड पुरा भएरनभएको सम्बन्धी प्रतिवेदन नियमित रूपमा पेस गर्नुपर्नेछ।

ग्राहक सहायताका लागि २४सै घण्टा गुनासो सुनुवाइ गर्न कृत्रिम बुद्धिमत्ता लगायतका नवीनतम प्रविधिको प्रयोग गर्न भनिएको छ।

त्यसैगरी गुणस्तरीय सेवा नपुगेका क्षेत्रमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न र दूरसञ्चार सेवा पुगेका स्थानको विवरण त्रैमासिक रूपमा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। देशभर फोजी सेवाको गुणस्तर वृद्धि गर्दै प्रमुख शहरबाट फाइभजी सेवा प्रारम्भ गर्न चरणबद्ध योजना पेस गर्न पनि प्राधिकरणले ताकेता गरेको छ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ३ : २२ बजे