५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

अदालतको ढोका कुर्नु भन्दा सानेपा संवादका लागि आउनू -कांग्रेस महामन्त्री



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले देउवा पक्षका नेताहरुलाई सानेपामा संवादको निम्ती आउन आग्रह गरेका छन् ।

निबर्तमान सभापति देउवा र पुर्व कार्यबहाक सभापति पुर्णबहादुर खडकाले गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेसन तालिकाबिरूद्द सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चर्चा चलिरहेको बेला महामन्त्री पौडेलले संबाद र सहमतिमा आउनका लागि अपिल गरेका हुन् । उनले मुलुक बिषम परिस्थितिमा पुगेको भन्दै अदालतको ढोका कुर्न नहुने पनि जनाएका छन् ।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाइ लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन,’ उनले अपिलमा भनेका छन, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ । म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् । यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो।’
पछिल्लो समय नेपाली कांग्रेस विवाद चर्किदै गएको छ । भदौ २४ गतेदेखि वडा अधिबेशन तोकिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  १२ : ३९ बजे