काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
बैठकमा केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन,
पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफलको तयारी छ ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियानको विषय पनि बैठकको एजेन्डामा छ । पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भने आज मुस्ताङतर्फ लागेका छन् ।
५ भदौ २०८३, शुक्रबार
0
Shares





