७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

सुनको मूल्य बढ्यो



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले महँगीएको हो ।

आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ११ : ३२ बजे