१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

रसुवा भोटेकोसीमा पुनः बाढीको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले रसुवा भोटेकोसीमा पुनः बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । 

बाढी पुनः आउन सक्ने सूचना चिनियाँ पक्षले दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । 

चिनियाँ पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै सात मिटर अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्नेछ । 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  २ : १७ बजे