२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक



काठमाडौं । शनिबारका लागि तय गरिएको पाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिनपछि सारिएको छ । पार्टी केन्द्रीय कार्यालयले शुक्रबार सूचना जारी गर्दै भदौ २० गते ९ भदौ २१ गते (आइतबार) दिउँसो १ बजे बस्ने जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आग्रह गरेका छन् । पार्टी सभापति गगन थापा बाढी प्रभावित क्षेत्र रसुवा गएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १ : ०७ बजे