२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे तय



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बिहीबार भदौ ( २५) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ५८ बजे