२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

ईभी कारमा आगलागी, एक जनाको मृत्यु, सनाखत हुन सकेन



नारायणगढ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा।प्र। ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो।

दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना पुरुष जस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ८ : ४४ बजे