७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अमेरिकाले नेपाललाई फेरी थप ३ करोड १० लाख डलर उपलब्ध गराउने



काठमाडौँ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग न्युयोर्कमा भेटवार्ता गरेका छन् ।

उपविदेश मन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारहरूलगायत नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको हार्दिक सहानुभूति व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा उपविदेश मन्त्री हुकरले आवश्यक नापअनुसार निर्मित स्थायी पुलहरूका लागि एक करोड अमेरिकी डलर ९करिब डेढ अर्ब रुपैयाँ० को कोष उपलब्ध गराउने योजना रहेको बताएका थिए ।

बाढीबाट प्रभावित क्षेत्रहरूमा ती पुलले महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्स्थापना गर्नुका साथै क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्ने बताइएको छ ।

उपविदेश मन्त्रीले बाढीबाट प्रभावित समुदायहरूका लागि खानेपानी, स्वच्छता र सरसफाइका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका निम्ति थप ८० लाख डलर ९करिब सवा अर्ब रुपैयाँ० को सहायता उपलब्ध गराउने योजनाको पनि घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ११ : ३४ बजे