१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपग ग्रहण गराएका हुन् ।

सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए ।

त्यस्तै, महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा। डिला संग्रौला ९पन्त० निर्वाचित भएका थिए । यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् ।

कांग्रेसल चार केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले चार केन्द्रीय सदस्यको शपथ रोकेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् ।

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकसानेपामा बस्ने भएको छ । बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापन लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  ३ : ५६ बजे