१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, निर्देशन उल्लङ्घन गरेको आरोप



काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन(प्याब्सन० लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पटक–पटक दिइएका निर्देशन कार्यान्वयन नगरेको भन्दै संस्थालाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुसार संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको आरोप छ। यसअघि मन्त्रालयले गत असोज २३ गते सरोकारवालासँग छलफल गर्दै गत मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनको पालना नभएको भन्दै मन्त्रालयले निलम्बनको निर्णय गरेको हो।

निलम्बनसम्बन्धी सूचना जारी गर्दै मन्त्रालयले संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन नगर्न चेतावनीसमेत दिएको छ। मन्त्रालयले निलम्बन अवधिमा संस्थाका नाममा हुने त्यस्ता गतिविधि गैरकानुनी हुने र संलग्नमाथि कारबाही गरिने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ५ : ३८ बजे