२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सुनको मुल्य तोलामा भारी बृद्धि, आजको मूल्य कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार (कात्तिक १९)सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  १ : ३३ बजे